१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल वाटर लिंक्ड देश बन्नेछ : प्रम ओली

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार ०९:३४

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वाटर लिंक्ड मुलुक पनि हुने बताएका छन् । तीन दिने राजकीय भ्रमणका लागि दिल्ली आएका प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जमिनबाट मात्र दुई मुलुक जोड्ने नभएर जलमार्गबाट समेत दुई मुलुकसँग जोडिने उल्लेख गरे। ‘नेपाल अब जमिनबाट मात्र होइन। जलबाट समेत जोडिने माध्यम बनेको छ,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपालले तीन तहको निर्वाचनसँगै लामो संक्रमणकालको अन्त्य गरेर नयाँ युगमा प्रवेश गरेको बताउँदै भारतको सरकारी र निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए । उनले भने, ‘प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसँगै नेपाल आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको छ। यो संक्रमणकालीन अवस्थामा हामीलाई मित्र राष्ट्रबाट सहयोग र सहकार्य आवश्यक छ।’