१५ बैशाख २०८१, शनिबार
Follow Us

रुखबाट खसेर वडा सदस्यको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार १२:४०

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रे भिरमा गएका बेला उहाँको रुखबाट खसेर मृत्यु भएको हो ।