८ बैशाख २०८१, शनिबार
Follow Us

खुमबहादुरको सम्झनामा लन्डनमा शोकसभा

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार १५:१३

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको सम्झनामा शोकसभा तथा द्विप प्रज्वलन ग-यो । समितिका यूके अध्यक्ष युवराज गुरुङको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय नेताको तस्बिरमा फुलको गुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा वक्ताहरुले स्वर्गीय खड्काको जीवनीबारे बोलेका थिए ।
नमस्ते गोर्खा फेलथममा शनिबार आयोजना गरिएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति यूकेका पूर्वअध्यक्ष लोक गुरुङले स्वर्गीय खड्काको विभिन्न आयामबारे प्रकाश पारेका थिए । गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष शेर सुनार प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा, एनआरएन समाचार संयोजक चिरन शर्मा, प्रवेश केसी, डा. नोर्बु शेर्पा, गोपाल गुरुङ, गोर्खा अभियान्ता सूर्य नेम्वाङ, खुशी लिम्बू, इन्द्रमान लिम्बू, सुजित श्रेष्ठ तथा डा. मीन रानाभाटलगायतको सहभागिता थियो ।