७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल पत्रकार महासंघ यूकेमा १३ नयाँ सदस्य थपिए, अझै १९ बाहिर

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७४, शनिबार १९:१५

लण्डन । नेपाल पत्रकार महासंघ यूकेमा १३ जना नयाँ सदस्य थपिएका छन् । महासंघको शनिवार टेलिकन्फ्रेन्स मार्फत बसेको बैठकले १३ जना नयाँ सदस्य थप्ने निर्णय गरेको हो । आगामी १९ मेमा हुने चौथो अधिवेशनको लागि ५२ जनाले नयाँ सदस्यताको लागि आवेदन गरेकोमा यसअघि सम्पन्न बैठकले २० जनाको आवेदनलाई मात्र स्वीकृत गरे पछि विवाद शुरु भएको थियो ।

उपाध्यक्ष ध्रुव अर्याल लगायतले सदस्यता वितरणमा लार्पवाही भएको भन्दै असन्तुष्टी जनाए पछि महासंघको अधिवेशन समेत अन्योलमा थियो ।

आज थपिएका सदस्यमा सिद्दार्थ क्षेत्री, रवि अर्याल, प्रदिप सिंह, टीका अधिकारी, जीवन सेन, अनिल मल्ल, शालिक सापकोटा, खुशी लिम्बु, रुपक प्रजापति, अर्जुन कटुवाल, गणेश खड्का, सुशील प्रजापति र बिपिन निरौला छन् ।

शाखाको अध्यक्ष नरेश खपांगीको अध्यक्षतामा बसेको बैठकले विजय थापाको संयोजकत्वमा एक निर्वाचन समिति समेत गठन गरेको छ । समितिमा पत्रकार महासंघ यूकेका निर्वतमान अध्यक्ष चिरन शर्मा, दूत पुन, सोलिसिटर राजु थापा, विकल आचार्य छन् ।
यस्तै निर्वाचन समितिको सल्लाहकारमा एनआरएनए आइसीसी सदस्य रामशरण सिमखडा, व्यवसायी राजन कंडेल, पत्रकारहरु भगिरथ योगि, हरिकाजी गुरुगं, नविन पोखरेल छन् । नयाँ सदस्यताको लागि आवेदन दिएका मध्य १९ जनाको सदस्यताको बारेमा बैठकले कुनै निर्णय नगरेको वताएको छ ।

यसअघिको बैठकले मञ्जु भण्डारी खरेल, डा. नरेशचन्द्र राई, खुमबहादुर (कुमार) केसी, भूमिराज राई, गुणदेव घिमिरे, सुमलकुमार गुरुङ, जगन्नाथ (जगन) कार्की, ओमप्रसाद थापा काउचा, प्रकाश अर्याल, जानुका काम्बाङ लिम्बु, रुद्र ढकाल, भिमल राई, हेमन्त राज पौडेल, बिसन गुरुङ, खेमराज रानाभाट, बमबहादुर थापा, जयराम तामाङ, शंकर श्रेष्ठ, प्रकाश गुरुङ र लालबहादुर पुनलाई सदस्यता दिने निर्णय गरेको थियो । नविकरण गरेका ६२ सदस्य सहित नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यहरुको संख्या ९५ पुगेको छ ।

शाखाको अधिवेशनलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले सम्वोधन गर्ने अपेक्षा गरिएको छ ।