१३ बैशाख २०८१, बिहीबार
Follow Us

सगरमाथा आरोही महिला पत्रकारलाई गोर्खा अनलाइन रेडियो र क्षेत्री समाज बेलायतद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७४, शनिबार १९:४२

लन्डन । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ मा सहभागी महिलाहरुलाई सहयोग एवं प्रोत्साहन स्वरूप क्षेत्री समाज बेलायत र गोर्खा अनलाइन रेडियो यूकेद्वारा सहयोग रकम भ्रमण टोलीका सदस्य हरुलाई भेटि हस्तान्तरण गरेको छ ।

लोक तथा दोहोरी गायिका कला पंगेनी तथा यूएस खबरकी कृस्ना रोशनी आचार्यले टोली सदस्य एवं सगरमाथाको शिखर चुम्ने योजनाको परिकल्पनाकार रोशा बस्नेतलाई भेटि सहयोग बापत चालिस हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

जसमध्य क्षेत्री समाज बेलायतले २५ हजार रुपैयाँ र गोर्खा अनलाइन रेडियो यूकेको तर्फबाट १५ हजार रुपैयाँको सहयोग संकलन गरिएको हो । नेपाली समाजमा महिलाप्रति हेरिने दृष्टिकोण, गरिने असमान ब्यवहार र महिला हिँसा जस्ता समस्याबाट ग्रसित नेपाली समाजमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने ५ जाना महिलाहरुको सहसिक कामको कदर एवं प्रोत्साहनस्वरूप सानो सहयोग गरिएको समाजका अध्यक्ष्य।क्याप्टेन रि. धन बहादुर कुँवरले बताएका छन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विक्षान सङग्रहालय विकास समिति र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरी पाँच महिला पत्रकारहरुयसै वर्ष सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा छन् । उनीहरुले ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ ब्यानरसहित ‘समानताको लागि बुलन्द आवाज’ भन्ने मूल नारा सहित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दैछन् ।

पत्रकारिता क्षेत्रसंग आवद्ध उनीहरुले सगरमाथा आरोहण मात्र हैन सगरमाथाको चुचुरोबाट टेलिभिजनको प्रत्यक्ष्य प्रशारण समेत गरेर पत्रकारीता क्षेत्रमा एउटा नौलो आयाम थप्ने योजनामा रहेको रोशा बस्नेतले बताएकी छन ।