२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन खेलकुद समितीले पुर्णता पायो, सल्लाहकारमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७४, आईतवार ०६:०९

लन्डन । गैर आवासिय नेपाली संघले बिविध बिषयलाई महत्व दिने क्रममा निमार्ण गरेको केन्द्रिय खेलकुद समितीलाई कार्यसमितीको आज्ञाले केन्द्रिय संयोजक तथा प्राध्यापक राजु मानन्धरले पुर्णता दिएका छन । ४१ सदस्यीय कार्य समितीमा हरेक महादेशको पनि जिम्मेवारी छुट्टाइएको छ । खेलकुद प्रवासमा छरिएर रहेका नेपालीलाई एकताको साङ्लोमा बाध्ने महत्वपुर्ण माध्यम पनि हो । हामीले खेलकुदको माध्यमवाट सबैलाई सबैसँंग एकताको सुत्रमा बाध्ने प्रयास गर्ने छौ ,संयोजक राजु माननधरले बताए ।

एनआरएन खेलकुद समितीको सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर,फुटबलका भेट्रान उमेश मानन्धर , साफमा उसुतर्फ स्वर्ण पदकधारी बिनिता महर्जन र तेक्वान्दोका ग्रान्डमास्टर दिवाकर डान महर्जन, फुटबलकै सुवाश श्रेष्ठ तथा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दोहोरो कर्तिमान कायम गर्ने उज्वल ठकुरीलाई मनोनयन गरिएको छ ।

समितीको केन्द्रिय संयोजकमा अस्ट्रेलियाको सिडनीमा रहेका फुटबलर तथा प्राध्यापक राजु मानन्धर तथा अमेरिकावाट सन्जिव श्रेष्ठ (संयोजक), सह संयोजकमा शान्त ठोकर, हेम पाण्डे , बिनोद बिष्ट, कृष्ण बलाल र क्यानडाका गिर प्रशाद बुढाथोकी रहेका छन । यस्तै एशियावाट मुकेश बरुवाल (संयोजक) बिनोद बिष्ट , राम कार्की (मकाउ),जापानवाट बसन्त गौचन , कोरियावाट बिरfज पाण्डे ,बिपीन गुरुङ , मलेसियावाट सन्तोष गुरुङ, योगेन्द्र कोइराला रहेका छन । मध्यपुर्वको संयोजकमा नबिन पौडेल रबी शाही ,हिरालाल श्रेष्ठ र गोबिन्द श्रेष्ठ रहेका छन । ओसेनिया क्षेत्रको संयोजकमा भुपाल सिटौला , सह संयोजकमा प्रकाश खरेल ,श्याम पौडेल ,माधव ढुंगाना सदस्यहरुमा सुमन बोहरा ,बिरेन्द्र श्रेष्ठ, सजित बिष्ट,रोशन केसी ,महेश सिंह ,टिका थापा र सुदिप पराजुली रहेका छन ।

यस्तै युरोपको खेलकुद संयोजकमा कृष्ण केसी, सह संयोजकमा सुजन कुवर तथा सदस्यहरुमा सुर्य भट्टचन, सोभितराम जीसी, नारायणकाजी मगर रहेका छन । संघले कराँंतेका पुराना खेलाडी स्वयम्भुराज डंगोलको संयोजकत्वमा नेपाल च्याप्टर समेत गठन गरेको छ । डंगोल संयोजक रहको समितीको सह संयोजकमा बिमला रानामगर ,यम बहादुर गुरङ र सचिबमा सजेश सायमी रहेका छन ।