१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिर्गौला प्रत्यारोपण गर्न रु ५० हजार सहयोग

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७४, आईतवार ०७:१३

भक्तपुर । दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मिर्गौला प्रत्यारोपणका लागि पठाएको उक्त सहयोग रकम लामिछानेले श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

अर्थाभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि मञ्चका इजरायल सहकोषाध्यक्ष मीना चुँडालको पहलमा रकम सहयोग संकलन गरी पठाइएको मञ्चका इजरायल अध्यक्ष तीर्थ गौतमले जानकारी दिनुभयो ।
तीन महिनाअघि दुवै मिर्गौला काम नलाग्ने भई राष्ट्रिय धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस गराइराखिएको मिर्गौला पीडित श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफ्नी आमाले मिर्गौला प्रत्यारोपण गर्न तयार भए पनि अर्थाभावका कारण प्रत्यारोपण गर्न नसकिएकाले थप रकम आवश्यक रहेको बताउनुभयो ।