६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रधानमन्त्री ओलीलाई मानार्थ पीएचडीको उपाधि

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७४, आईतवार १३:५६

काठमाडौं, चैत २५ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा मानार्थ पीएचडीको उपाधि दिइएको छ । आइतबार भारतको उत्तराखन्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी ‘अनररी डिग्री अफ डाक्टर अफ साइन्स’ उपाधिबाट विभूषित गरेको हो ।
विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ । दीक्षित हुनुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको बिरुवा रोपेका थिए ।