६ चैत्र २०८०, मंगलवार
Follow Us

पञ्जावी धुलाइबाट बचे सन्दिप लामिछाने

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७४, आईतवार १४:१६

मोहाली । पञ्जाव–११ सँग पराजयको नजिक पुगेको दिल्ली डेभिल्सको टोलीमा नेपाली खेलाडी सन्दिप लामिछाने अटाएनन् । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १ सय ६७ रनको लक्ष्य दिएको छ । सन्दिप आबद्द टिमले पहिलो खेलमा दिल्लीले मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेलेको हो ।

तर सन्दिप आज मैदान उत्रिने खेलाडीको सूचिमा थिएनन । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् ।

पञ्जावका लागि कनाउल लोकेस रावलले विस्फोटक ब्याटिङ गर्दै १२ बलमै अर्धशतक पूरा गरेका थिए । सन्दिपको ठाउँमा खेलेका भारतीय स्पिनर अमित मिश्राले एक ओभरमा २४ रन खर्चिनु परेको थियो ।

सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् । दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा छानेको छ । सन्दिपसँगै दिल्लीबाट अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले पनि आजको खेल खेल्ने छैनन् ।