१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय रेलको चर्चासँगै चिनियाँ रेल अलमलमा

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७४, सोमबार ०५:०८

काठमाडौं । चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार भएको छ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायल यो विषयमा नेपालले पनि प्रारम्भिक अध्ययन गरेकोे बताउनु भएको छ । उहाँले दुई हप्ताअघि एउटा प्रतिवेदन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइसकिएको जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भारतबाट–काठमाडौंसम्म रेल ल्याउने सम्झौता भएपछि करिब दुई वर्षअघि चीनसँग भएको यस्तै समझदारीको प्रगतिबारे पनि चासो बढेको छ ।

अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौताका साथै अन्तरदेशीय रेल्वेबारे अध्ययन गर्ने समझदारी भएको थियो । त्यसैअनुरूप केही महिनाअघि एउटा उच्चस्तरीय चिनियाँ टोलीले नेपाल आएर अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन समेत गरेको थियो ।