११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन कतारद्वारा युवा जागरण अभियान संचालन

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७४, सोमबार ०५:२९

कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको युवा विभागद्वारा आयोजित कार्यक्रम एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सालिमार रेष्टुरेन्टको हलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा एनआरएनए आईसीसीका मध्येपूर्व उपसंयोजक, मानार्थ परिषदका सदस्यहरु, आईसीसी सदस्यहरु, एनसीसी कतारका सल्लाहकारहरु लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संस्थाका पञ्जिकृत सदस्यहरु र अन्य ब्यक्तित्वहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा. राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए । एनसीसी सचिव रामजी खत्री, प्रवक्ता अशोक तामाङ र युवा सहसंयोजक नारायण भण्डारीले टिपोटकर्ताको भूमिका निर्वाह गरेका थिए । ।

एनआरएनए प्रति युवा तथा दोश्रो पुस्ताको चासो कसरी बढाउन सकिन्छ भन्ने विषयमा अनुभवी एनआरएनए अभियन्ताहले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा एनआरएनए दृष्ट्रिकोण युवा वर्गमा हस्तान्तरण र समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने विषयमा परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ताहरु कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांक सहित प्रकाश पारेका थिए ।
सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनहरुमा आइसीसी मानार्थ परिषद सदस्य बिल गुरुङ, एनसीसी सल्लाहकार तथा पूर्व महासचिव क्रान्ति सिंह र सामाजिक अभियन्ता शनी कुमार ओली समिक्षक तथा समालोचकको भूमिकामा रहनुभएको थियो । साथै सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र आईसीसी मानार्थ परिषद सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए ।
सहभागीहरु मध्ये अधिकांसले युवा विभागको यो नौलो र उपलब्धिमुलक कार्यक्रम भएको र यस्ता कार्यक्रमहरु बेला बेलामा आयोजना गर्न पनि सुझाब राख्नुभएको छ ।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रम महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालनमा उपसयोजक नारायण भण्डारीले प्रतिबेदन सहित निस्कर्ष सुनाएका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए ।