८ बैशाख २०८१, शनिबार
Follow Us

मेलम्ची बजारमा बिहीबार सुरुङ छेडिएको घोषणा हुने

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७४, सोमबार ०७:२१

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम आउने बिहीबार सकिने भएको छ । सुरुङ खन्न अब ७ मिटर मात्रै बाँकी रहेकाले आउने विहिबारसम्म ग्यालथुम–सिन्धु खण्डको सुरुङ छेड्ने काम सकिने आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले सुरुङको मुख्य काम लगभग सकिएको र अब एक दुई दिनमा बाँकी काम सक्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकै विशेष कार्यक्रम गरी सुरुङ छेडिएको घोषणा गर्ने तयारी छ । आउँदो दशैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको आयोजनाले दावी गर्दै आएको छ ।