१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७४, सोमबार १५:३६

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले भूकम्पपीडित अझै पालमुनि बस्न बाध्य भएकाले तिनले भोग्ने गरेका समस्याप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते बिहान ११ बजे बस्नेछ ।