१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नव कांग्रेस नेता गणेश लामा जेल चलान

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७४, सोमबार १६:०१

काठमाडौं । राजधानीको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुन्डानाइके’ गणेश लामालाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरेको छ ।
गत ३० फागुनमा राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लामालाइ हतियारसहित पक्राउ गरेको थियो । उनीबाट चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको दाबी प्रहरीले गर्दै आएको छ । उनले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् ।
तर, अनुसन्धानबाट उनी दोषी देखिएको भन्दै पुर्पक्षका लागि जेल चलान गरिएको हो । उनलाई इजाजतबिना हातहतियार लिइ हिँडेको अभियोगमा जिप्रका काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ । उनी विजय गच्छदारसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।