१३ बैशाख २०८१, बिहीबार
Follow Us

नमुना वस्तीको निर्माणकार्य तत्काल सक्न निर्देशन, एनआरएन टोलि लाप्राकमा

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७४, सोमबार २०:१०

गैर आवसीय नेपाली संघ (एनआरएनए) ले गोरखाको धार्चे ४ को गुप्सी पाखामा निर्माण गरिरहेको एकीकृत नमुना लाप्राक वस्ती आगामी अक्टोवर ११ अर्थात एनआरएन डे को अवसरमा हस्तान्तरण गर्ने गरि तयारी थालेको छ । एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीसहितको टोलीले आज लाप्रापमा बस्तीको निर्माण कार्यको निरीक्षण गर्दै सो तयारी थाल्न निर्देशन दिएको हो ।

एनआरएन महासचिव बद्री केसीले बस्तीको निर्माण कार्य दुत्र गतिमा भइरहेको जानकारी गराउनुभयो । महासचिव केसीका अनुसार कामहरु निकै दुत्र गतिमा भइरहेकाले एनआरएन डेमा हस्तान्तरण गर्ने गरि तयारी थालीएको हो । बस्ती निर्माणका लागि बालुवा र गिटी र ईटाको समस्याले ढिलाई भएकोमा अहिले सो ठाउँमा उत्पादन शूरु भएकाले निर्माण कार्यले निकै गति लिएको महासचिव केसीले जनता टाईम्सलाई जानकारी गराउनुभयो । दैनिक तीन सय जनाले काम गरिरहेको बताउँदै महासचिव केसीले आगामी अक्टोवर ११ दिन घरहरु हस्तान्तरण भइसक्ने बताउनुभयो ।

नमुना लाप्राक वस्तीका ब्लक घर चिट्ठा थुतेर यसअघि नै बाँडफाँट भइसकेका छन । सेतो कार्ड नम्बरका आधारमा नमुना वस्तीका ५७३ घर १६ वटा समूहमा विभाजन गरी चिट्ठा थुतेर बाँडफाँट गरिएको थियो । २०७२ बैशाख १२ को भूकम्पले ध्वस्त लाप्राक वस्ती स्थानान्तरण गरी गुप्सी पाखामा एनआरएनएले एकीकृत नमुना वस्ती निर्माण गरिरहेको हो।

वस्ती निर्माणमा स्थानीयहरूसँगै नेपाली सेना, गैरआवसीय नेपालीहरूले श्रमदान गरिरहेका छन्। ५७३ घरमध्ये अझै २०० घरको डिपीसी ढलान हुन भने बाँकी छ। एनआरएनएका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले आगामी अक्टोबरभित्र निर्माण कार्य सम्पन्न भइसक्ने र हस्तान्तण गरिने बताउनुभयो ।

२०७३ वैशाख १२ गते गुप्सी पाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका तत्कालीन सिइओ गोविन्द पोखरेल, एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। गुप्सी पाखा समुद्री सतहबाट करिब दुई हजार ८०० मिटर उचाइमा रहेको छ। नेपाली सेनाबाहेक तीन सय जना कामदार पनि गुप्सी पुनर्निर्माणमा खटिरहेका छनु । वस्ती निर्माणका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिइसकेको छ।
-किरण बुढाथोकी