७ बैशाख २०८१, शुक्रबार
Follow Us

छलफलबिनै पानीजहाज सञ्चालन सहमति

sarusaru
२७ चैत्र २०७४, मंगलवार ०४:०२

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन ।

भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि काठमाडौंमा रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो ।

यस विषयमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन । मन्त्रालयका एक उच्च अधिकारीको भनाइ अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन ।

उच्च व्यापार घाटा, वेरोजगारी र लगानीको समस्या जस्ता जल्दाबल्दा विषय उठिरहेको बेला पानीजहाज जस्तो ठूलो लगानी चाहिने विषय तयारीबिनै आएको अधिकारीहरुको भनाइ छ ।
-नागरिक दैनिकबाट ।