१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँगडामा स्कुल बस दुर्घटना, २७ जनाको मृत्यु ; अधिक बालबालिकाको मृत्यु

sarusaru
२७ चैत्र २०७४, मंगलवार ०५:४६

काठमाडौं । भारतको हिमाचल प्रदेशको काँगडा जिल्लामा एक स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका छन् । चालक र दुई शिक्षकको पनि दुर्घटनामा मृत्यु भएको छ ।

बजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कुलको उक्त बसमा करिब ६० जना सवार थिए । बसमा चारदेखि १२ वर्ष उमेर समूहका बालबालिका थिए ।

जिल्लाका एसपी सन्तोष पटियालका अनुसार बस करिब चार सय फिट तल खोंचमा खसेको छ । मलकवाल गाउँको उक्त खोंचमा खसेको बसलाई सडकबाट देख्न समेत सकिँदैन । केही बालबालिकाको अवस्था अज्ञात छ ।

प्रहरीका अनुसार घटनास्थलबाट ६ जनालाई उद्धार गरेर पठानकोट र नुरपुरका अस्पतालमा उपचार गर्न पठाइएको छ ।

विद्यालय विदा भएपछि बालबालिकाहरुलाई उनीहरुको घरमा छोड्न जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको स्थानीय भारतीय अधिकारीहरुले बताएका छन् ।

मृतक परिवारलाई पाँच लाख रुपैयाँको दरले राहत दिने निर्णय भएको छ ।
–अनलाइन खबरबाट ।