१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रितिको ‘कति बसाउ…’ (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७४, मंगलवार ०९:०४

काठमाडौं । गायिका प्रिति झा दर्शक तथा श्रोतामाझ प्रश्न गर्छिन् ‘कति बसाउ…’ अर्थात उनलले ‘कति बसाउ’ बोलको आधुनिक गीत ल्याएकी छन् । जुन गीतको भिडियो यु–ट्युबमा रिलिज गरिएको छ ।
सुरिलो र मिठास स्वरकी प्रितिको यो पहिलो म्युजिक भिडियो हो । तर, मिठास स्वर तथा स्तरिय भिडियो मेकिङका कारण गायिका प्रितिलाई यस गीतले दर्शक तथा श्रोतामाझ स्थापित देखिन्छ ।
शब्द तथा संगीत तिलक सुब्बाको रहेको यस प्रितिको गीतका एरेञ्ज प्रमोद निर्वाणले गरेका छन् । सैलेन्द्र खोकालीले निर्देशन गरेको यस भिडियोमा बेनिश र जान्वीले अभिनय गरेका छन् । गीतमा गायिका स्वयम पनि फिचरिङ छिन् । लभ सेन्मिेन्ट बोकेको यस गीतमा वियोगात्मक भाव उतारिएको छ ।
राजिव राजले खिचेको यस भिडियोलाई दर्शकले रुचाएका छन् भने श्रोताले उनको स्वरलाई तारिफ पनि गरेका छन् । त्यसैले पनि गायिका प्रिति आशावादी छिन् । उनी भन्छिन्, ‘रिलिज गरेको थोरै समयमै राम्रो प्रतिक्रिया पाइरहेकी छु । आशा छ, यस गीतको मूल्यांकन दर्शकले गर्नेछन् ।’ दर्शक एवं श्रोताको प्रतिक्रियाले नै सांगीतिक क्षेत्रमा अगाडि बढ्न आफूलाई प्रेरणा मिल्ने प्रितिले बताइन् ।