१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल प्रहरीमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७४, मंगलवार १४:५४

प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) मा सर्वेन्द्र खनालको नाममा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरीको नयाँ आइजिपीमा खनालको नाममा सहमति जुटाएको हो। यस्तै, सशस्त्रको आइजिपीमा शैलेन्द्र खनालको नाममा सहमति जुटेको बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्न बाँकी छ ।
आइजिपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो ।