११ बैशाख २०८१, मंगलवार
Follow Us

सिटी र बार्सा च्याम्पियन्स लिगबाट बाहिर

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७४, बुधबार ०४:५८

लन्डन । म्यान्चेस्टर सिटी र बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । म्यान्चेस्टर सिटी लिभरपुलसंग र बार्सिलोना इटालीको एएस रोमासंग हारेको हो । सिटीले पहिलो खेलमा ३–० हार बेहोरेको थियो भने घरेलु मैदानमा भएको दोस्रो खेलमा गए राति २–१ को हार व्यहो-यो ।

यस्तै, एएस रोमाले कीर्तिमानी सफलता हासिल गर्दै सेमिफाइनलमा ठाउँ बनाएको छ । पहिले खेलमा बार्सिलोनासंग ४–१ को हार व्यहोर्दा दोस्रो खेलमा ३–० को जित निकाल्दै रोमा अवे गोलका आधारमा सेमिफाइनलमा पुगेको हो । यो जितसँगै पहिलो खेलमा निकै गोल अन्तरले पछि परेर पनि रोमा उत्कृष्ट पुनरागमन गर्ने तेस्रो टोली बनेको छ ।

यसअघि २००४ मा एसी मिलानविरुद्ध डिपोर्टिभो लाकोरुनाले दोस्रो लेगमा नतिजा उल्ट्याएको थियो । यस्तै पोहोर च्याम्पियन्स लिगमा बार्सिलोनाले पनि पीएसजीविरुद्ध पुनरागमन गरेको थियो । यसपटक त्यसको सिकार बार्सिलोना आफै हुन पुगेको छ ।