१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फास्ट ट्रयाक नेपालले बनाउँछ : प्रम दाहाल

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार ०७:३३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं निजगढ द्रूत मार्ग फास्ट ट्रयाक बनाउने जिम्मा भारतलाई दिनेबारे आफूले सोच्दै नसोचेको बताएका छन् । शनिबार राति प्रसारित सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले देशकै सबैभन्दा महत्वपूर्ण सडक परियोजना बनाउने जिम्मेवारी भारतलाई नदिने अडान दोहो-याएका हुन् । दाहालले माओवादी केन्द्र पनि सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली आफैँले फास्ट ट्रयाक बनाउने निर्णय गरेको र त्यति बेला उच्चस्तरीय संयन्त्रको संयोजकको हैसियतमा आफू निर्णयमा अडिग रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फास्ट ट्रयाक भारतलाई दिन लागेको भनेर गरेको झुठो प्रचारले आफू दुखी भएको समेत उनले गुनासो गरेका छन् । दाहालले कुनै हालतमा फास्ट ट्रयाक विदेशी कम्पनीलाई दिनेबारे कल्पनासम्म नगरेको जिकिर गरेका छन् । एमालेले अनावाश्यक प्रचार गरेको भन्दै दाहालले झुठो, आधारहीन र भ्रम दिने प्रचार नगर्न चेतावनी दिए ।