१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चट्याङ लागेर तीनको मृत्यु, एक घाइते

sarusaru
२८ चैत्र २०७४, बुधबार ०६:०९

विराटनगर-प्रदेश नम्बर १ मा पर्ने झापा, उदयपुर र भोजपुरमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । अन्य एक जना घाइते भएका छन्।
उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने ४८ बर्षिया कृष्ण माया तामाङको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा बसीरहेकी उनलाई हिजो साँझ चट्याङले लागेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनकै भतिजी १५ बर्षिया सम्झना तामाङ घाइते भएकी छन्। उनको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जनाएको छ । यता भोजपुरको षडानन्द नगरपालिका–२ भोटेछाप बस्ने २० बर्षिया मुना भट्टराईको आफ्नै घरमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।
यसैगरी झापाको कचनकबल गाउँपालिका–१ कुटी बजार बस्ने ५५ बर्षिय महेश लाल यादवको चट्याङ लागेर मृत्यु भएको हो । वेलुका ८ बजेतिर अचानक परेको चट्याङले उनी गम्भिर घाइते भएका थिए। उनलाई उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।