१३ बैशाख २०८१, बिहीबार
Follow Us

रमेश खरेलद्वारा डिआइजीबाट राजीनामा

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७४, बुधबार १२:४५

काठमाडौं । रमेश खरेलले प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट राजीनामा दिनुभएको छ । महानिरीक्षक नियुक्तिमा असन्तुष्ट खरेलले ‘अपमानित’ भएर काम नगर्ने भन्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जनाउनु भएको हो ।

सरकारले हिजो बरियतामा पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाललाई २६ औं महानिरीक्षकमा पदन्नोती गरेको थियो । महानिरीक्षक बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले ‘अन्याय’ गरेपछि राजीनामा दिएको खरेलले स्पष्ट पार्नुभएको छ ।

२०४५ सालमा भलिबल खेलाडीको रुपमा प्रहरी सेवामा प्रवेश गर्नुभएका खरेल एसएसपीसम्म पहिलो नम्बरमा हुनुहुन्थ्यो । तर, शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले दोस्रो बरियतामा राखेर डिआईजीमा बढुवा गरेको थियो ।

महानिरीक्षकमा पदनोन्ती भएका खनालले राजीनामा नगर्न आग्रह गरेपनि खरेलले प्रहरी सेवा त्याग्नु भएको हो । २५ औं महानिरीक्षक नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै अघिल्लो बर्ष पनि डिआइजी नवराज सिलवालले राजीनामा दिएका थिए ।