१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सभापति देउवा राप्तीसोनारी गाउँपालिका किन पुगे ?

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७४, बुधबार १४:२१

नेपालगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण गर्नुभयो । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन दाङ जाने क्रममा उहाँ सो गाउँपालिका पुग्नुभएको हो । उहाँलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री लगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

त्यस अवसरमा सभापति देउवाले राप्तीसोनारी गाउँपालिका भौतिक पूर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न भएकाले नमूना गाउँपालिकाका रुपमा विकास गर्नुपर्ने सल्लाह दिनुभयो । उहाँले भन्नुभयो – “स्थानीय तह भनेकै सरकार हो । जनप्रतिनिधिले नागरिकलाई त्यसको अनुभूति गराउन सक्नुपर्छ ।”सभापति देउवाको टोलीमा काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महत, किशोरसिंह राठौंर लगायतका हुनुहुन्छ ।