१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन केन्द्रिय उपाध्यक्ष कुल आचार्य नगरपालिकामा विदेश सल्लाहकार

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७४, बुधबार १८:३३

लन्डन ।
कुश्मा नगरपालिकाले गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ।
नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको वृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
पर्वतको धाइरिङमा जन्मिएका आचार्यले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थुप्रै सहयोग गर्दै आएका छन्। “यो मेरा लागि एउटा सम्मान र आत्मीयताको विषय पनि हो। मेरो जन्मभूमि लगायत कुश्मा नगरपालिकाको विकासका लागि मैले सक्दो काम गर्नेछु,” आचार्यले भने। त्यस्तै उनले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न आचार्यलाई आधिकारिकता प्रदान गरिएको पनि जनाएका छन्।