७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ यूकेको चौथो अधिवेसनका लागि विभिन्न समिति गठन

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७४, बुधबार २०:४५

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको चौथो अधिवेसनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । अप्रिल ७ तारिख शनिबारका दिन टेलिकन्फ्रेन्समार्फत अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरहेको हो ।
बैठकले मे १९ का दिन हुने भएकाले अधिवेसनस्थलको छनौट गर्ने जिम्मा अध्यक्ष नरेश खपाङ्गीमगरलाई दिएको छ ।
यस्तै अधिवेसनमा प्रस्तुत हुने प्रगति प्रतिवेदन तयार गर्न महासचिव लीलामान शेरपुञ्जालाई, आर्थिक प्रतिवेदन पेश गर्न कोषाध्यक्ष पूर्ण गुरुङलाई र विधान संशोधन मस्यौदा प्रस्तुत गर्न वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल रहेको एक समिति गठन गरिएको छ ।
बैठकले अधिवेसनका दिन ६० वर्ष उमेर पूरा गरेका अग्रज पत्रकारहरुलाई सम्मान गरिने र सोको संयोजनको जिम्मा उपाध्यक्ष ध्रुव अर्याललाई दिने निर्णय गरेको छ ।
बैठकले सदस्यहरुको अनुकूलताअनुसार जिम्मेवारी हेरफेर गर्न सकिने गरी अधिवेसन तयारीको जिम्मेवारी बाँडफाँड गरेको छ । हल व्यवस्थापनमा जगत थापा, वाचस्पति रेग्मी, नगेन्द्र नेम्वाङ, प्रकाश गुरुङ र मधुकर गुरुङ, प्रतिनिधि दर्तामा पूर्ण गुरुङ, रोशन मेवाहाङ राई, पुष्पा गुरुङ र भावना परिस्कृत सुनुवार, अभिलेखीकरणमा छत्र वनेम र शिव भण्डारी, अतिथि सत्कारमा सल्लाहकारहरु भगिरथ योगी, चिरन शर्मा, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पा, भिडियो फोटोमा मिलन तमु, एसके गुरुङ, शंकर श्रेष्ठ, विसन गुरुङ र गुणदेव घिमिरे, प्रचारप्रसारमा शिव भण्डारी, शिव तिवारी, नृपेश उप्रेती, नरेन्द्र बस्नेत, सुजन पराजुली, जानुका राईलाई जिम्मेवारी दिएको शाखाले जनाएको छ ।

चौथो अधिवेसनमा नयाँ कार्यसमिति चयनका लागि विजय थापाको संयोजकत्वमा सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा, सभासदहरु विकल आचार्य र दुतबहादुर पुन रहनुभएको निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिको सल्लाहकारमा राजन कँडेल, रामशरण सिंखडा, भगिरथ योगी, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पालाई चयन गरिएको छ ।

शाखामा महासंघको सदस्यताका लागि प्राप्त आवेदनहरुमध्ये गणेश खड्का, प्रदिप सिंह, खुशीमान लिम्बु, विपिन निरौला, सिद्धार्थविक्रम क्षेत्री, रवि अर्याल, अनिल मल्ल, टिका अधिकारी, शालिक सापकोटा, अर्जुन कटवाल, रुपक प्रजापति, जीवन सेन र सुशील प्रजापतिको आवेदन केन्द्रमा पठाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

अध्यक्ष खपाङ्गीले बैठकमा सहभागी हुनुभएकोमा सबै पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै अधिवेसन केन्द्रीत हुन सबैलाई आग्रह गरेका थिए ।