८ बैशाख २०८१, शनिबार
Follow Us

महानिरीक्षक द्वयलाई आज दज्र्यानी चिह्न

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७४, बिहीबार ०४:२८

काठमाडौं । सरकारले नियुक्त गरेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न दिइँदै छ । दुवै महानिरीक्षकलाई गृह सचिव प्रेमकुमार राईले फुली लगाइदिने कार्यक्रम छ । नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाउनु भएको छ ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षकसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका हुन् । एआईजीहरु जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ र पशुपति उपाध्यायले अवकाश पाउनु भएको हो ।