८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल–भारत प्रवुद्ध समूहको बैठक आज

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७४, बिहीबार ०४:३८

काठमाडौं । प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरिरहेको नेपाल–भारत प्रवुद्ध समूह ईपीजीको संयुक्त बैठक आज दिल्लीमा बस्दै छ । नेपाल भारतबीच भएका सबै खाले सन्धि–सम्झौताको पुनरावलोकनको विषयमा दुबै सरकारलाई सुझाव दिन गठित समूहको आठौँ बैठकलाई विशेष भनिएको छ ।

प्रधानमन्त्री केपी ओलीको भरखरै सम्पन्न भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले समूहको सुझाव प्रतिवेदनमा सकारात्मक रहने बताएसँगै दुवैतर्फका पदाधिकारी उत्साही भएका छन् ।

दुबै देशका प्रधानमन्त्रीले ईपीजीको काम सन्तोषजनक रहेको भन्नु,,भएको छ । काठमाडौंमा बसेको सातौँ बैडकमा दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि आवश्यक बुँदासहितको प्रतिवेदनको मस्यौदा आदान प्रदान भईसकेको छ । आजदेखि सुरु हुने आठौं बैठकमा भारतीय पक्षले नेपाली पक्षको प्रतिवेदनमा सुझाव दिने बताईएको छ । नेपालतर्फका सदस्यहरुका अनुसार सन् १९५० को सन्धिमा भएका केही विषयमा सहमति हुन बाँकी छ ।