१२ बैशाख २०८१, बुधबार
Follow Us

सेवाग्राहीबाट घुस लिदै गर्दा उदयपुर नापी कार्यालय प्रमुख पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७४, बिहीबार ०७:१२

उदयपुर । अख्तियार अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिदै गर्दा उदयपुरका एक कार्यालय प्रमुखलाई आज विहान रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीलाई विहानै बोलाएर ५० हजार रुपैया घुस लिदै गरेका जिल्ला नापी कार्यालय उदयपुरका प्रमुख श्यामबाबु प्रकास शाहलाई अख्तियारको इटहरी शाखाको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।
जग्गाको कित्ताकाटमा क्षेत्रफल बढाए वापत भन्दै उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारको दावि छ । सर्लाही घर भएका साहगत साउन महिनादेखि कार्यालय प्रमुखमा कार्यरत थिए ।