८ बैशाख २०८१, शनिबार
Follow Us

दशैं अघिनै एनआरएन कार्यालय आफ्नै भवनमा सर्ने

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७४, बिहीबार ०७:४९

लण्डन । गैरआवासीय नेपाली संघको काठमाण्डौंमा निर्माणाधिन भवनको काम अन्तिम चरणमा पुगेको छ । करिब ४० करोडको लागतमा सम्पन्न हुन लागेको सो भवनको फिनिसिङको काम भैरहेको गैरआवासीय नेपाली संघ प्रवक्ता भुषण घिमिरेले जनाए ।

यसै बीच गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट तथा भवन निमार्ण समितिका संयोजक तथा संघका उपाध्यक्ष कुमार पन्तले भवन निमार्णको निरिक्षण गरेका छन् । भवन निमार्ण कार्यमा भैरहेको प्रगतिप्रति अध्यक्ष भट्टले खुशी व्यक्त गर्दै श्रावण महिना भित्रै एनआरएनको कार्यालय नयाँ भवनमा सर्ने आफ्नो फेसबुक टाइमलाइन मार्फत घोषणा गरेका छन् । भट्टले लेखेका छन ‘गैर आवासीय नेपाली संघको निर्माणाधीन भवनको उपाध्यक्ष कुमार पन्त र मैले अवलोकन गर्यौं। तेश्रो तल्लामा सचिवालय रहने प्रारूप तैयार गरी निर्माण अगाडि बढाउन निर्देशन दिएका छौं। सचिवालय क्षेत्र श्रावणको दोश्रो सातामा सम्पन्न गरी आफ्नै भवनमा सार्ने ब्यवस्था पनि मिलाएका छौं।’

भवन निर्माणको लागि संघका विभिन्न राष्ट्रिय समिति तथा व्यक्तिहरुले प्रतिबद्धता जनाएको करोडौं रुपैयाँ संकलन नहुदाँ आर्थिक अभावको कारणले निमार्ण कार्यमा ढिलाईहुदैं आएको छ ।