७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा जारी एनअारएनए सम्मेलनका तस्विर

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार १२:२२

न्युजर्सी (अमेरिका)— संस्थागत संर्चना परिवर्तनका लागि बहस गर्ने उद्देश्य सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा जारी छ। डबल ट्री हिल्टन होटलमा शनिबार र अाइतबार दुई दिनसम्म चल्ने सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि विस्तृत छलफल गर्नेछ। सम्मेलनमा करिब ४० देशका चार सय प्रतिनिधि सहभागी रहेको एनअारएनए महासचिव डा.बद्री केसीले जनाए। दुई दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन आइतबार संघका बिभिन्न देशको प्रगतिप्रतिवेदन पेश गर्ने छन्, महिला सम्मेलन, पर्यटन प्रर्वधन, एनआरएन च्यारीटी, लगायतका बिषयमा छलफल हुनेछ। पहिलाे दिन एनअारएनए अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महताे, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, संस्थापक नेता रामप्रताप थापा, संरक्षक दिल गुरुङ, इन्द्र बन, देवकाजी डंगोल, ब्यवसायी चन्द्र ढकाल, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराई, ब्यवसायी बिनोद चौधरी, सांसदहरु मोहन बराल, महेन्द्र यादव, अमेरीकी संसाद डोनाल्ड पएने, अमेरिकी क्षेत्रका संयोजक सोनाम लामालगायतले सम्बोधन गरेका थिए। – चिरन शर्मा/हाेमप्रसाद लम्साल, न्युजर्सी (अमेरिका)/नागरिक