७ बैशाख २०८१, शुक्रबार
Follow Us

भोलि प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७४, शुक्रबार ०४:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बागलुङ हुँदै कर्णाली जाँदै हुनुहुन्छ । मुगुको रारामा भोलिदेखि सुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । दिउँसो बागलुङको ढोरपाटन अवलोकन गरेपछि बेलुकी उहाँ डोल्पाको दुनै पुग्ने कार्यक्रम छ ।

कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्नुहुनेछ । त्यसअघि बिहान उहाँले राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी पनि गर्नुभएको छ ।

देशबाट निरक्षरता उन्मूलनको लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने प्रधानमन्त्रीले यसअघि नै घोषणा गर्नुभएको छ । भर्ना अभियान प्रभावकारी बनाउन यसवर्ष प्रधानमन्त्री सहित मन्त्री, सांसद र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले बालबालिकालाई विद्यालय लगेर नाम लेखाउने कार्यक्रम तय भैसकेको छ ।