१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७४, शुक्रबार ०९:४६

लण्डन । ‘शान्ति नेपाली समाज बेलायत’को आयोजनामा नयाँ वर्ष २०७५ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

शान्ति नेपाली समाज बेलायतको आयोजनामा गत सोमवार नेपाली नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

संंंस्थाका अध्यक्ष कोशलेश्वर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुखअथिति गैरआवासीय नेपाली संघको सहकोषाध्यक्ष सोम सापकोटा रहेका थिए ।

कार्यक्रममा बिभिन्न संघसँस्थका प्रतिनिधि लगायत ४ सय भन्दा बढीको नेपालको सहभागीता थियो । कार्यक्रममा नौमती बाजा समुहका संयोजक नारायण बुढाथोकीले स्वागत मन्तब्य दिएका थिए भने प्रकाश तिवारी र सुनिता तिवारीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा चर्चित लोक तथा दोहरी गायक बिष्णु बन्जाडे, लोक तथा दोहोरी गायिका मंजु विकले प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली पोशाकमा सजिएका स्थानीय कलाकारहरुले बिभिन्न नेपालको मौलिकता झल्काउने नाँचगान, नाटक प्रर्दशन गरे ।