८ बैशाख २०८१, शनिबार
Follow Us

लण्डन इलिङ्ग क्षेत्रको काउन्सिलमा नेपाली उम्मेदवार

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७४, शुक्रबार २०:०६

लन्डन । लन्डनको मुटु मानिने इलिङ्ग क्षेत्रमा एक जना नेपाली स्थानीय चुनावमा उम्मेदवार भएका छन् । ह्याँवल बस्ने टिकापुर कैलालीका सुरेन्द्र ढुंगानाले उम्मेदवारी दिएका हुन् । अछाम जिल्लाको सुंगालीमा जन्मेका रकैलालीको टिकापुरमा स्थाई बसोबास गर्दै आउनुभएका सुरेन्द्र ढुंगाना आउदो मे महिनाको पहिलो साता हुनलागेको बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन।

इलिंग काउन्सिलको होबेइन वडामा कञ्जरभेटिभ पार्टीले उनलाई उम्मेदवार बनाएको हो । मेरो क्षेत्रमा पहिला एक सिट कञ्जरभेटिभ पार्टीले जितेको हो अहिले पनि हाम्रो जित हुन्छ ढुंगानाले शुक्रवार नेपाल ब्रिटेन डट कमसंग भने । ढुंगानाले आफुले जित्ने विश्वास रहेको भन्दै सम्पूर्ण नेपाली समुदायलाई सहयोगको लागि आव्हान गरेका छन् ।

३ वर्ष पहिले कञ्जरभेटिभ पार्टीमा आबद्ध बनेका उनी २ वर्षयता इलिंग नर्थको कञ्जरभेटिभ पार्टी कमिटीको उपप्रमुखको जिम्मेवारी समेत समालेका छन् ।

एमबिए पढाई सकेर पिएचडी गर्न बेलायत गएका ढुंगाना करिब डेढ दसक देखि अडिटरको रुपमा काम गर्दै आएका छन।

ढुंगानाका बुवा र भाइ भने टिकपुरमा बस्दै आयका छन। पढाई लेखाइमा निकै अब्बल ढुंगानाले सन २००९ मा सि.ए पनि पास गरेका छन।
सुदुरपश्चिमबाट काउन्सिलको उम्मेदवारी पाउने उनी पहिलो व्यक्ती हुन।