११ बैशाख २०८१, मंगलवार
Follow Us

वेलायतको स्थानीय निर्वाचनमा नेपाली महिला उम्मेदवार

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७४, शुक्रबार २३:३३

लन्डन । वेलायतको स्थानीय निर्वाचनमा एकजना नेपाली महिला उम्मेदवार भएकी छन् । आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदमा लीला सेलीङ्ग माबो चुनावी मैदानमा उत्रिएकी हुन । उनीले लेबर पार्टीको प्रतिनिधित्व गर्दे हार्ट डिस्टीक काउन्सिलको निर्वाचनमा व्लायकवाटर एण्ड हवलो क्षेत्रमा उम्मेदवारी दिएकी हुन् ।

नेपालको पाचथर (ओम) मा जन्मिएकी माबोले लेवर पार्टीले आफुलाई विश्वास गरेर टिकट दिएको भन्दै प्रसन्नता प्रकट गरिन् ।

ग्रेटर रसमोर नेपाली कम्युनिटीको महिला संयोजक तथा गैरआवासीय नेपाली संघ यूकेको सहसंयोजक समेत रहेकी माबोले रेस्पोन्सिवल समूदाय, इक्वालिटी लगायतलाई प्रमुख चुनावी मुद्धा वनाएकी छन् ।

शिक्षिकाबाट शुरु भएको उनको जीवनयात्रा विद्यालयको प्रधानाध्यापिका, रेडियो प्रस्तोता, साहित्यकार हुदैं समाजको नेतृ लिन तम्तयार भएकी हुन् । कवयित्री समेत रहेकी सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने उनी लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय छिन । वेलायतको निर्वाचनमा उनी पहिलो नेपाली मूलको महिला उम्मेदवार हुन् ।