१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रेडिंग कप को उपाधि मंगोलियन भान्जालाई

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार १३:३९

लन्डन । बेलायत को नेपाली माझ प्रख्यात फूटबल रेडिंग कप को १०औ संस्करण को उपाधि मंगोलियन भान्जा ले हात परेको छ । रेडिंग को जोन  रब्सन सेन्टर मा भएको फाइनल मा तोंग्बा फूटबल क्लब लाइ २-१ ले पछि पर्दै मंगोलियन भान्जा ले उपाधि कब्जा गरेको हो। उपाधि संग संगै १६०० पौण्ड पुरस्कार पनि हात पर्यो भने उप विजयता तोंग्बा ले १००० पौण्ड  मा चित्त बुझायो । बिजयी  टोलि का कुञ्जन गुरुङ म्यान अफ द म्याच घोषित भए भने बिबिसी का संजय थापा मगर धेरै गोल गर्ने खेलाडी भए युथतर्फ़ २३, भेट्रान तर्फ़ ६ र १६ वर्ष मुनि का ३ टिम सहभागी उक्त प्रतियोगिता हेर्न रेडिंग र आसपास का नेपाली को बाक्लो उपस्थति थियो। गुल्मी नौमती बाजा ले दिनभर प्रतियोगिता को रौनक लाई अझ रमाइलो बनाएको थियो । यसै गरि  भेट्रानतर्फ़ बीबीसीले हिमालयन फूटबल क्लब लाई २-१ ले हराउदै भेट्रान तर्फ़को उपाधिसंगै ८०० पौण्ड पुरस्कार जित्यो। भेट्रानको तर्फ़बाट गणेश लामाले सर्बाधिक गोल गरे भने मिलन राई म्यान अफ द म्याच घोषित भए ।
१६ वर्ष का मुनिको उपाधि गोर्खा हिल, केन्टले जित्यो। उसले फाइनल मा सुइण्डन क्लबलाई १-० ले पछि पार्यो। कोलबर्न टाउन का काउन्सिलर डाक्टर जगन्नाथ शर्माले प्रतियोगिता उद्घाटन गर्नु भएको थियो भने रेडिंग का मेयर मोहम्मद अयुब र कार्यबहाक राजदूत सरदराज आरनले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो।