१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियममा नेपाल महोत्सव

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७५, शनिबार ०१:३५

लुुभेन । यहाँको लुुभेन शहरमा आउदो शनिवार १४ अप्रिलमा हुुन गैरहेको नेपाली नयाँ बर्ष तथा ११ औं नेपाल महोत्सवको व्यवस्थापकीय तथा अन्य तयारी अन्तिम चरणमा पुुगेको कार्यक्रम सँयोजक तथा एनआरएन बेल्जियमका उपाध्यक्ष खडक केसीले जान जानकारी दिएका छन् ।

एनआरएन बेल्जियमको मुुख्य आयोजन तथा अन्य बेल्जिक र नेपाली सँघसँस्थाहरुको सहआयोजनमा स्थानीय ट्रेन स्टेशनको प्रड.णमा हुुने सो कार्यक्रममा बेल्जियम स्थित नेपाली राजदूूत, स्थानीय नगरपालिकाका पदाधिकारी, साँसद, एनआरएनका केन्द्रीय उपाध्यक्षव्दय कुुल आचार्य, सपिला राजभण्डारी, सचिव जानकी गुुरुड.,क्षेत्रीय सँयोजक उपसँयोजक एवँ स्थानीय गैससका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।

महोत्सवमा नेपाली साँस्कृतिक प्रसार तथा पर्यटन प्रवद्र्धनको लक्ष्य राखिएको छ । यसका साथै पर्यटन प्रोत्साहनका लागि चिठ्ठा प्रणालीबाट ४ जनाको लागि नेपाल जाने हवाई टिकट वितरण, नेपाली खाना, हस्तकला तथा साँस्कृतिक प्रदर्शनी पनि हुनेछ ।