१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अर्जेवामा त्रिशुल प्रहारबाट ६ जना घाइते

sarusaru
१ बैशाख २०७५, शनिबार ०२:४२

काठमाण्डौ -हात हेराउने निहु पारेर स्थानीयको घरमा पुगेर एक युवकले त्रिशुल प्रहार गरी ६ जनालाई घाईते बनाएका छन् । जैमिनी नगरपालिका ५ को ३० बर्षिय ओमबहादुर मल्लले गएराती वडा नं. ६ की चुना परियारको घरमा पुगेर परियार सहित ६ जनालाई घाईते बनाएको हो । जवरजस्ती ढोका खोल्न लगाएर चुनाको घरको पूजा कोठामा रहेको त्रिशुल झिकेर उनैलाई घाईते बनाएको प्रहरी निरिक्षक धर्म अधिकारीले बताए ।
छुट्टाउन गएका उनका श्रीमान हरि परियार, पूर्णकली परियार, ८० बर्षकी भुपी दमिनी, उनीहरुका छिमेकी गणेश केसी, निर्मला केसी समेतलाई घाईते बनाएका हुन् । घाईतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको छ । दुइजनाको सिटी स्क्यान गर्नुपर्ने भएकोले पोखरा पठाउने तयारी छ भने अरु घाईते सामान्य उपचारपछि घर फर्केका छन् । मल्ललाई प्रहरीले पक्राउ गरेर आवस्यक अनुसन्धान गरिरहेको छ । राती २ बजे उठेर निस्केका मल्लले मलाई देउता चढ्यो भन्दै आफ्नै बहिनीलाई टर्चलाईटले हिर्काएर घाईते बनाएका थिए । उज्यालो हुने बेलामा उनले गाउ“मा आतंक मच्चाएको खवरपछि ईलाका प्रहरी कार्यालय कुश्मीसेराबाट प्रहरीटोली पुगेर मल्ललाई पक्राउ गरेको थियो ।