१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्घाखाँचीको रतनमारेमा जीप दुर्घटना, नौ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार १३:४४

सन्धीखर्क । अर्घाखाँचीको हंशपुर रतनमारे बजार नजिकै जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सदरमुकाम सन्धिखर्कबाट हंशपुर जाँदै गरेको ग.१ज ४८७८ नम्बरको जीप आइतबार दिउँसो तीन बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ ल्याइँदैछ । घटनास्थल जंगलसहितको भीर भएकाले उद्धारका गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । जीप सडकबाट झन्डै पाँचसय मिटर खसेको छ । घटनास्थल अर्घाखाँची सदरमुकामदेखि करिब ३० किलोमिटर पश्चिममा पर्छ ।