७ बैशाख २०८१, शुक्रबार
Follow Us

साउथ अस्ट्रेलियाका मन्त्रीद्वारा योग कीर्तिमानी मोक्तान सम्मानित

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार १३:५१

काठमाडौं । साउथ अस्ट्रेलिया राज्यका बहुसंस्कृतिमन्त्री जोय बेटिसनले योग म्याराथनका विश्वकीर्तिमानी नेपालका उत्तम मोक्तानलाई सम्मान गर्नुभएको छ । त्यहाँ रहेका नेपाली भाषी भुटानी समुदायले अस्ट्रेलियाको एडिलेड शहरमा आयोजना गरेको एक भव्य कार्यक्रममा उहाँलाई सो सम्मान गरिएको हो ।

कीर्तिमानी मोक्तानलाई खादा ओढाई सम्मानपत्रले सम्मानित गर्दै मन्त्री बेटिसनले भन्नुभयो–“नेपालबाट योगमा विश्वकीर्तिमान बनाउने मोक्तानजस्ता व्यक्तित्व अस्ट्रेलिया आउनुभएकोमा मलाई खुसी लागेको छ । म उहाँलाई हार्दिक स्वागतसहित सम्मान गर्दछु ।”

कीर्तिमानी मोक्तानले भन्नुभयो– “यहाँको संस्कृतिमन्त्रीबाटै सम्मानित हुन पाउँदा मलाई नेपाल र सम्पूर्ण नेपाली समुदाय नै सम्मानित भएको महसुस भएको छ । यसबाट म असाध्यै खुसी छु ।”

कार्यक्रमको संयोजन भुटानिज अस्ट्रेलिया एसोसिएसन अफ साउथ अस्ट्रेलियाले गरेको हो । विश्व दर्शन अभियान, नेपालसँग आबद्ध विश्वकीर्तिमानी मोक्तानलाई यसअघि पनि अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसङ्गठनले भव्य सम्मान गरेका थिए ।

मोक्तानले नेपालमा ५० घण्टा १५ मिनटसम्म लगातार योग गरी योग म्याराथनको विश्व किर्तिमान कायम गरी गिनिज प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।