१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘जनयुद्ध र समान हैसियतबिना एकता हुँदैन’

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७५, आईतवार १३:५२

काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शब्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेको वाईसीएल टोलीले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो ।
वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जनयुद्धविना र बराबरी हैसियत विनाको एकता स्वीकार नगर्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिनु भएको छ ।

उहाँले, ‘जनयुद्ध र बराबर हैसियतमा सहमति हुन्छ भने वैशाख ९ गते नै एकता गरौं । सहमति हुँदैन भने एकता पनि हुँदैन । त्यस्तो एकता वाईसीएलले मान्दैन भनेका छौं’ भन्नु भएको छ । उहाँका अनुसार प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता कार्यकर्ता र शुभेच्छुकहरुको पनि हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताउनु भएको छ ।