७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रिको अभियानमा सांसद डा. पाठकको साथ

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७५, आईतवार १९:४७

काठमाडौं । सरकारले शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन विशेष अभियानको थालनी गरेको छ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथमा प्रधानमन्त्री केपी ओलीले थालनी गरेको अभियानमा बाग्लुगं क्षेत्र नं १ का सांसद डा. सूर्य पाठकले साथ दिएका छन् ।

प्रधानमन्त्रिको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियान समेल हुदैं डा. पाठकले रेश नुनथला माविमा अध्यनरत एक टुहुरा वालकको शिक्षादीक्षाको जिम्मेवारी लिएका हुन् । पाठकले आइतवार सो अभियानको शुरुवात गर्दै स्वर्गिय हरि कार्कीका छोरा सिद्धार्थ कार्कीको भविष्यको जिम्मा लिए ।

शिक्षाबाट बञ्चित विपन्न, गरिव, सीमान्तकृत, लोपउन्मुख वा पिछडिएका वर्ग क्षेत्र र समुदायका एक जना बच्चालाई स्टेशनरी, पोसाक र दिवा खाजाको प्रवन्ध गरी स्वच्छिक अभिभावकत्व ग्रहण गर्ने सरकारी अभियानमा डा. पाठकले सो घोषणा गरेका हुन ।

अभियानको शुरुवात गर्दै पाठकले नेपालको शिक्षा व्यापारीकरण हुदैं गएको कारणले सर्वसाधारण शिक्षाबाट बन्चित हुनु परेको प्रतिचिन्ता व्यक्त गरे । डा. पाठकको सो कार्यप्रति सम्बन्धित बालबालिका अभिभावकले आभार र प्रशन्नता व्यक्त गरेका छन् ।