जीवा लामिछाने। शहरको बीच भाग र छेउछाउमा झुपडी जस्ता देखिने ससाना कटेराहरु देख्दा सुरुमा त म छक्कै परेको थिएँ-जर्मनीमा समेत ‘स्ल्म एरिया’(झुपडी वस्ती) रहेछन भनेर ।

रसियन दाचा वा कन्ट्री हाउस जस्तै जर्मनीमा गार्डेन हाउस कल्चर यहाँका बासिन्दाहरुको जीवन यापनको एक पाटो रहेछ । दाचा वा कन्ट्री हाउसभन्दा यस्ता घरको फरक बिशेषता चाहिं के छ भने यी घरहरुमा राती सुत्न पाइदैन । करेसाबारीको रुपमा उपयोग गरिने यस्ता क्षेत्रहरु जर्मनीका सबै प्रमुख शहर वरीपरि छयासछ्यास्ती देखिन्छन । राजधानी बर्लिन र फ्र्याकंफर्ट यस मानेमा अग्रपंक्तिमा छन् । पुरै जर्मनीमा दस लाखभन्दा बढी यस्ता गार्डेन हाउसहरु रहेको तथ्यांक छ ।

जर्मनीमा यो संस्कृति १९ औं शताब्दी मैं सुरु भए पनि व्यापक रुपमा यसको उपभोग भने पहिलो बिस्वयुद्द पछी सुरु भएको रहेछ । युद्दले तहसनहस भएका शहरका बासिन्दाहरुलाई निजि प्रयोजनकालागि त्यहॉ उत्पादन गरिने अन्न-फलफूल आदिले निक्कै ठुलो राहत दिएको थियो । वालवच्चाले खेल्ने मैदान र श्रम गर्नेहरुले यसवाट थोरै भए पनि स्वरोजगारी पाएका थिए ।

सरदर चार/पॉच सय वर्गमिटर क्षेत्रफलका यस्ता प्लटहरुको एक तिहाइ भागमा फलफूल-तरकारी रोप्ने, एक तिहाइमा कटेरो बनाउने र एक तिहाइ भाग रिक्रियशनका लागी खुला राख्नु पर्ने नियम छ । यो जमिन सरकारी स्वमित्वमा रहने हुनाले उपभोक्ताले लिज़स्वरूप प्रति बर्ष निश्चित रक़म तिर्ने गर्छन । यो रक़म सरदारमा प्रतिवर्ष ५०० युरो जति पर्ने रैछ । जमिनको सरसफाई, रूख विरूवाको छाँटकॉट कटेराको मर्मतसम्भार र गार्डेन क्षेत्र सन्चालन समितीले वनाएका नीति नियमको अवज्ञां गर्नेहरूको प्लट समितीले लिलाम गरीदिन सक्छ ।

कानूनको पालना गर्ने मामिलामा जर्मनहरू अग्रपंक्तिमा पर्छन । सुरक्षाआदिको जिम्म्मा सहकारी समितिले लिने गर्छ । यो ठाउं किन्न नपाइने हुनाले लीजमा लिन चाँहनेहरूले निक्कै लामो लाइनमा बस्नु पर्छ । कसैले लीज कन्टिन्यु गर्न नचाहेमा वाँ खोसुवामा परेमा मात्रै नयॉ मानिसले प्रवेस पाउने हो । त्यस्ता मानिसहरु बिरलै हुने गर्छन । गार्डेन संस्कृतिप्रति जर्मनहरुको विचित्रको क्रेज रैछ ।

बडो मुस्किलले मिलेको हाम्रो गार्डेन हाउस उचित मर्मत सम्भार नगरेको आरोपमा गतवर्ष झन्डै खोसुवामा परेको थियो । यसपटक भने हामी अलि सजग भएका छौं । गार्डेनको सरसफाइ, खनजोत र गोडमेल गर्दै यस सिजनको पहिलो ग्रील पार्टीका साथ नयाँ बर्षको बसी बियालोमा साथीहरूसगं आज सप्ताहन्त मनाइयो ।


– लामिछानेको फेसबुकबाट साभार