१५ बैशाख २०८१, शनिबार
Follow Us

बेल्जियममा नेपाल महोत्सव सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७५, आईतवार २१:०१

दिपेन्द्र केसी। लुभेन । नेपलाी नयाँ वर्ष २०७५ तथा ११ औं नेपाल महोत्सव एनआरएन बेल्जियमको आयोजना तथा नेपाली राजदूतावास, यहाँस्थित विभिन्न नेपाली तथा स्थानीय सँस्थाहरुको सहआयोजनामा हिजो १४ अप्रिल २०१८ का दिन मनाईयो ।

महोत्वसको उदघाटन प्रमुख अतिथी बेल्जियमका लािग नेपाली राजदूत लोक बहादुर थापाले पानसमा मैन प्रज्वलन गरी गरेका थिए । महोत्सवको उदघाटन सत्रमा महामहिम राजदूत थापाले लगानी र पर्यटनको लागि नेपाल सुरक्षित र उत्कृष्ट राष्ट्र रहेको बताउदै राष्ट्रोत्थानमा गैरआवसीयहरुको सहभागिताको सह्राना गरेका थिए ।

साँसद यल्स भान होफ, स्थानीय प्रान्तका उपगभर्नर टी रुफस, पूर्व उपप्रधानमन्त्री माग्दा, लुभेन नपाका उपमेयर दानिस, छिमेकी नपाका मेयरव्दय इमिर किर र डिर्क क्लायस तथा बेल्जियमको गेसस महासँघ एआईएफ का अध्यक्ष लुसियानो कोरसानी, बेल्जियम नेपाल मैत्रीसँघका अध्यक्ष लुक, बेल्जियमका लािग नेपाली अवैतनिक दूत रोजर द गु्रनले नयाँ वर्षको शुभकामना दिदैं बेल्जियमा नेपाली समुदायको उपस्थिति, साँस्कृति सँयोजन, आपसी सहाकार्य तथा सक्रियताको प्रशंसा गर्दै नेपालको पर्यटन तथा समृद्धिको कामना गरेका थिए ।

>
सोही अवसरमा एनआरएनका केन्द्रीय उपाध्यक्षव्दय कुल आचार्य, सपिला राजभण्डारीले पनि मन्तव्य राखेका थिए । केन्द्रीय सचिव जानकी गुरुड., महिला सँयोजक रजनी प्रधान, अनरी काउन्सिलर गोविन्द सुवेदी, यूरोप सँयोजक शिव बरुवाल, केन्द्रीय सदस्यहरु, एनआरएन बेल्जियमका सँस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, निवर्तमान अध्यक्ष गँगाधर गौतम, अन्य भूपू अध्यक्षहरु, पर्यटन दूत विनोद न्यौपानेले पनि नयाँ वर्षका अवसरमा शुभकामना दिएका थिए ।

एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालको सभापतित्वमा भएको समारोहमा उपाध्यक्ष तथा कार्यक्रम सँयोजक खडक केसीले स्वागत मन्तव्य दिदैं महोत्वसवारे प्रकाश पारेका थिए । विविध चरणहरुमा महासचिव आड.माया लामा, निशा गुरुड. तथा सोफिया महर्जनले नेपाली तथा स्थानीय भाषामा उदघोषण र राजेन्द्र रसाइलीले कार्यक्रमको प्रत्यक्ष प्रसारणको सँयोजन गरेका थिए ।
यसैवीच एनआरएन बेल्जियमको सचिवालयले महोत्सव सफल तुल्याउन पुर्याएको सहयोगको लागि नेपाली राजदूतावास, स्थानीय तथा नेपाली समुदाय, सहआयोजक सँघसँस्थाहरु तथा प्रायोजकहरुमा धन्यावाद प्रकट गरेको छ ।