१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वसुन्धरामा एक महिलाको हत्या

sarusaru
३ बैशाख २०७५, सोमबार ०५:११

काठमाडौं । टोखा–७, वसुन्धरामा गएराति एक महिलाको हत्या भएको छ ।

ढुंगाले हानेर हत्या गरिएको अवस्थामा सोमबार बिहान महिलाको शव भेटिएको हो । उनको अनुहार नचिनिने अवस्थामा छ ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यौन सम्वन्ध राख्न अस्वीकार गरेपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।