७ बैशाख २०८१, शुक्रबार
Follow Us

माईतीघर मण्डलामा प्रर्दशन गर्न रोक

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७५, सोमबार ०५:४८

काठमाडौं । सरकारले माईतीघर मण्डलामा प्रर्दशन गर्न रोक लगाएको छ । सरकारले मण्डलामा विरोध प्रदर्शन गर्न रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकी अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।
वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला ठाउँ र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गरी गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको जानकारी दिनु भएको छ । यो नियम बैशाख १६ गतेदेखि लागु हुने पनि उहाँले बताउनु भएको छ ।