७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति अमेरिकाको भेटघाट कार्यक्रम सोमबार

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार १४:३७

न्यूजर्सी । नेपाली जनसम्पर्क समितिले एनआरएन अमेरिकी क्षेत्रीय सम्मेलनमा सहभागी हुन पुग्नुभएका सभासदद्वय महेन्द्र यादव र मोहनप्रसाद बराल तथा जनसम्पर्क समितिका सभापतिहरुसँग भेटघाट र छलफल गर्ने भएको छ । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जारी गरेको विज्ञप्तिअनुसार एनआरएन क्षेत्रीय सम्मेलनमा सहभागी हुन अमेरिका आउनुभएका नेपाली कांगे्रस पार्टीमा आस्था राख्ने सबैलाई सोमबार सहभागी हुन आग्रह गरिएको छ ।

अध्यक्ष विष्टले विज्ञप्तिमार्फत् अमेरिका आइपुग्नुभएका समितिका विभिन्न मुलुकका सभापति अन्य पदाधिकारी एवम सदस्यहरु, अमेरिकाका विभिन्न राज्यबाट आउनुभएका समितिका सल्लाहकार, पदाधिकारी, सदस्य र च्याप्टर समितिका सभापतिसहित अन्य सबै सदस्यहरुको स्वागत एवम सम्मानमा समितिले साँझको खानासहित भेटघाट कार्यक्रम राखेकाले सहभागिताका लागि अनुरोध गरिएको छ ।