२६ बैशाख २०८१, बुधबार
Follow Us

तमु समाज युकेमा पांचौं अधिवेसन आउंदो मे ६ मा

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७५, सोमबार २१:२३

लण्डन । तमु समाज युकेको ११ औं वार्षिक साधारणसभा तथा पांचौ महाधिवेसन तयारी बैठक सम्पन्न भएको छ ।समाजको कम्युनिटी सेन्टरमा गतसाता सोमबार समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा बसेको बैठक आउंदो मे ६ मा हुने अधिवेसनका तयारीका सम्बन्धमा केन्द्रित थियो ।

समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, सल्लाहकारहरु, जेष्ठ नागरीक लगायत समाजका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको उक्त बैठकमा समाजका कोषाध्यक्ष उदय गुरुङले समाजको आर्थिक आयव्ययको विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङले तमु समाज युके बेलायतको नेपाली समुदायमा नमुनाको रुपमा रहेको तथा बेलायतमा नेपाली तमु समुदायको महत्वपुर्ण भुमिका रहेको बताउंदै तमु कला, पहिचान र संस्कृतिलाई जोगाइराख्नको निम्ति सबैलाई आव्हान गरेका थिए । उनले अधिवेसन सफलताको शुभकामना व्यक्त गरे ।

समाजको सामाजिक भवनका संयोजक सल्लाहकार बाबुराम गुरुङ, सल्लहाकार यम गुरुङ र सल्लाहकार इमान घलेले समाजको घरप्रति पुर्याउको विशेष योगदानका लागि धन्यवाद ज्ञापन गरिएको थियो । तमु समाज युकेको भवन खरिद परियोजना संयोजक तथा सल्लाहकार सुबासिङ गुरुङ (बिईम) ले पनि सहयोगी सल्लाहकारहरुको योगदानको ठूलो महत्व रहेको भन्दै प्रशंसा गरेका थिए । बैठकको सञ्चालन महासचिव ज्ञान गुरुङले गरेका थिए ।

अधिवेसनमा वार्षिक प्रतिवेदन तयार गर्न माहासचिव ज्ञान गुरुङ्, विधान संशोधनको मस्यौदा प्रस्तुत गर्न अध्यक्ष अर्जुन कुमार गुरुङ्, आर्थिक प्रतिवेदन प्रस्तुत गर्न कोषाध्यक्ष उदय गुरुङ, आमा समुहको प्रतिवेदन प्रस्तुत गर्न आमा समुहका अध्यक्ष माया गुरुङ र युवा समुहको प्रतिवेदन पेश गर्न युवा समुहका अध्यक्ष ओमकार गुरुङलाई जिम्मेवारी दिइएको छ । सबै आवश्यक सरसमानहरु व्यवस्थापनको संयोजन गर्न केदार बहादुर गुरुङ र खानाको व्यवस्थापन गर्ने जिम्मा हरिमन गुरुङलाई दिइएको छ ।

अधिवेशनबाट नयां कार्यसमिति चयन गर्नको लागि शिवशरण गुरुङको संयोजकत्वमा सचिव सल्लाहकार ले. थमप्रसाद गुरुङ र सदस्य सल्लाहकार बाबु राम गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको छ ।

अधिवेसन तथा निर्वाचनमा सहभागिताका लागि समाजले आफ्ना सम्पुर्ण सदस्यहरुलाई आव्हान गरेको छ ।