७ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस नेता खड्काको सम्मानमा साउथ इष्ट लन्डनमा शोकसभा

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७५, सोमबार २१:४१

लन्डन । नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सम्मानमा जनसम्पर्क समिती साउथ इष्ट क्षेत्रीय समितिले शोक सभाको आयोजना गरेको छ । आइतवार पलमस्टेड स्थित चौतारी रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले खड्काको जीवनीको बारेमा बोलेक थिए ।
साउथ इष्ट क्षेत्रीय समितिको सभापति भोज प्रसाद गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन युकेका महासचिव राज कुमार त्रिपाठीले खुम बहादुर खड्काको नेतृत्व क्षमताको खुलेर प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष सुरज के.सी, बिनय अधिकारी, युवराज सिंह, पूर्व अध्यक्ष चेतनाथ खनाल, वरिष्ठ पत्रकार खेम राज रानाभाट, विद्यार्थी नेता मन्दिप के.सी, सहमहामन्त्री उपेन्द्र पौडेल, रेशम बस्याल र जनसम्पर्क समितिका सक्रिय सदस्य एवम् बुद्ध फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठ, तथा बुद फाउन्डेसनका महासचिव एवम् कांग्रेसका सक्रिय सदस्य अर्जुन कटुवाल, एनआरएन महिला संयोजक लिला देवी गुरुङले र खड्काले गरेका कामहरुको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा वक्ताहरुले नेपाली कांग्रेसले एक निडर र सक्षम नेतृत्व गुमाएको भन्दै यसले कांग्रेसलाई ठूलो क्षति भएको बताए । कार्यक्रम जनसम्पर्क समितिका सहकोषाध्यक्ष तथा साउथ इष्ट लण्डनका महामन्त्री कुश बस्नेतले सन्चालन गरेका थिए ।