१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७५, मंगलवार ०४:३८

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्न बनेको एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले संयोजन समितिको प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषण बारेमा छलफल हुने समितिका सदस्य सुरेन्द्र पाण्डेले बताउनुभयो ।

यसअघि नेकपा (एमाले) को हिजोको स्थायी कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन वैशाख ९ गते एकता गर्न सुझाइएको सन्दर्भमा हिजो साँझ एमाले स्थायी कमिटी बैठक बसेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताउनुभयो ।